HomeFeatureरानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइयो

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइयो

काठमाडौ, 6 नवम्बर 2021

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइएको छ । तिहार अर्थात यमपञ्चकको पाँचौ दिन शनिबार भाइटीका लगाइएको हो । भाइटिकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएको थियो । यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि व्यवस्थित रुपमा टीका लगाइएको हो । बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउन सर्वसाधारणको भीड लागेको थियो । तिहारको भाइटिकामा मात्रै खुल्ने यो मन्दिरमा आफ्ना दाजुभाइ नभएका दिदिबहिनी तथा दिदीबहिनी नभएका दाजुभाइहरुले भाइटीकाका दिन मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । भुकम्पपछि पूननिर्माण गरिएको रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउन झनै राम्रो सुविधा पाइएको टिका लगाउन पुगेका सर्वसाधारणले बताएकाछन् । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । बालगोपालेश्वर मन्दिर भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...