राप्रपा परित्याग गरेका नेता सुनीलबहादुर थापाले नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेता थापालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका छन् । आफ्नै बाबुकै सक्रियतामा गठन भएको पार्टी राप्रपा परित्याग गर्दै उनी मंगलबार एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका हुन् । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापाले राप्रपा छोडेका हुन् । थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताउदै परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा रहन नसकेको बताए । राप्रपाले राजतन्त्र र हिन्दु राष्ट्रको मागलाई उठाएर अगाडि बढ्ने राजनीतिक योजना अगाडि सारेकोमा थापाले विगतदेखि नै असहमति राख्दै आएका थिए । उनले गणतान्त्रिक संविधान पनि मान्ने र राजतन्त्र पनि ल्याउनुपर्छ भन्ने कुरा सही दिशा नभएको कुरा राख्दै आएका थिए । राजतन्त्र र नेपाललाई धर्मनिरपेक्ष बनाउने संविधानसभामा भाग लिएको, त्यस्तो संविधानअनुसार भएका निर्वाचनमा भाग पनि लिने अनि फेरि हिन्दुराष्ट्र र राजतन्त्रको नारा लगाउनु सही नभएको उनले बताउदै आएका थिए । काँग्रेसले थापालाई सहमहामन्त्री बनाउने विषयमा सहमति भएको र अन्य ५ जनालाई केन्द्रीय सदस्य बनाउने तय भएको बताइएको छ ।
राप्रपा छोडेका नेता सुनीलबहादुर थापा नेपाली काँग्रेसमा प्रवेश
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































