काठमाडौं, 28 जनवरी 2023
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् । शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् । डा. कोइरालाले भने, ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि सडेन्त्र भइरहेकोमा त्यो आवश्यक छैन।’ नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने उनले बताए। सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति भएको उनको भनाइ छ। कोइरालाले भने, ‘संसदबाट बजेट आएन, संसदबाट पारित विधेयक राष्ट्रपतिले अड्काएर राख्नु भयो।’ सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उनको भनाइ छ । नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए ।









































