काठमाडौं, 16 सितंबर 2022
प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरिइएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीन वटा विधेयकलाई वहुमतले स्वीकृत गरेको हो। बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ। त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन वहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।









































