1 नवम्बर 2021
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन परेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट गएको सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि रिक्त पदका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आवेदन आह्वान गरेको थियो। विश्वभरबाट ६० जनाले आवेदन दिएको क्यानले जनाए । सोमबार क्यानले विज्ञप्ति जारी गरेर ६० जनाको आवेदन प्राप्त भएको जनाएको छ। नेपालले ओमानमा वाटमोरको प्रशिक्षणमा आईसीसी क्रिकेट विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेलेको थियो। त्यसयता नेपाली टीमले प्रशिक्षणसमेत गर्न पाएको छैन।









































