HomeFeatureराष्ट्रिय महिला लिग फुटबलमा एपिएफद्वारा चन्द्रपुर ६ गोलले पराजित

राष्ट्रिय महिला लिग फुटबलमा एपिएफद्वारा चन्द्रपुर ६ गोलले पराजित

काठमाण्डौ, 21 जनवरी 2021

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा राष्ट्रिय महिला लिग  वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङबराबरी खेल्दादिनको पहिलो खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन । प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुआती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो । विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

यस अघि बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा विभागीय टोली एपिएफले विजयी सुरुआत ग¥यो । एएिफले चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको एपिएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाब राखेर खेल देखाएको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपिएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बसनेत, अञ्जली कुमार योन्जन र प्रिति राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांस समय बलमा पकड जनमाएको एपिएफका सावित्रा भण्डारीले  १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरागर्दा २२ औं अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पुजा राईले गोल गरेका थिए ।

सहज तिज निकालेको एपिएफले स्पष्ट ३ अंक जोडेको छ । माघ २१ गते सम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७  टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...