काठमाण्डौ, 4 जनवरी 2020
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको छ। शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारहरू तय गरेको हो। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा अनुसार प्रदेश ६-का दुई उम्मेदवारहरूको टुङ्गो भने लाग्न बाँकी छ।
काँग्रेसले प्रदेश नम्बर १-बाट निरबहादुर विश्वकर्मा (दलित), मिना पुलामी मगर (महिला) र राजेन्द्र घिमिरे (अन्य)-मा परेका छन्। यसैगरी, प्रदेश नम्बर २-मा नगिना यादव (महिला), भोला पन्जियार (अल्पसंख्यक/अपाङ्गता), प्रदेश नम्बर ३-मा हरिशरण श्रेष्ठ (अन्य), छलीकुमारी शर्मा उपाध्याय (महिला), प्रदेश नम्बर ४-मा सूर्यप्रसाद रेग्मी (अन्य), विमला गौचन (महिला), प्रदेश नम्बर ५-मा बालकृष्ण पाण्डे (अन्य), गिरिजा न्यौपाने (महिला), मेराज हलवाई (अल्पसंख्यक), त्यसैगरी प्रदेश नम्बर ७-मा प्रताप ठगुन्ना (अन्य), तुलसी देवकोटा (महिला), रहेका छन्। प्रदेश नम्बर ६-को भने साँझसम्म नाम सार्वजनिक गरिने नेपाली काँग्रेसले जनाएको छ।









































