HomeFeatureराष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार: अर्थमन्त्री

राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार: अर्थमन्त्री

भैरहवा, 4 फरवरी 2023

 उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन् ।  शनिबार गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्लास्थित सरकारी कार्यालयहरूको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए । राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट सरकारको मुल्याङकन हुने हुदा जनता प्रति नम्र भएर मिठो भाषमा हुने काम गर्न र नहुने काम यो कारणले हुदैन भनेर राख्न निर्देशन दिए ।

‘सेवाग्राहीलाई सेवा प्रवाहमा हुँदैन भन्ने शब्दको सुरुवात पनि रुपन्देहीबाट राष्ट्रसेवक कर्मचारीले गर्न सकुन’ उनले भने ।

जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न यहाँहरूको महत्वपूर्ण भूमिका हुने भएकोले अर्थमन्त्री पौडेलले कार्यालय प्रमुखहरूलाई अन्तरचेतनाद्वारा निर्देशीत भई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न निर्देशन दिए । सविधान, कानुन निर्णय र निर्देशनहरूको सिमामा रहेर कर्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।  मन्त्रालय सम्बन्धमा बोल्दै उनले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध हो, बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने चाहाना भएकोले भन्सारमा आइसीपीको लागि नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए । साइड क्लीयर गरी समकक्षीहरूको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिति छिटोभन्दा छिटो निर्माण गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...