काठमाडौं, 1 अप्रैल 2023
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानलेले चाँडै नै रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रुपमा खडा हुने दाबी गरेका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा लामिछानेले यस्तो दाबी गरे।
‘कयौँ क्षमतावान व्यक्तिहरु यस पार्टीको माध्यमबाट देशको सेवा गर्न तयार भएर बस्नुभएको छ। निर्वाचनसँगै तपाईँहरुले प्राप्त गर्नुहुने छ’, उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’
उनले यो जनाउ घण्टीमात्रै भएको भन्दै त्यसकै सुरुवातमा आज शनिवार स्वर्णिम वाग्ले र रमेश खरेल साथमा रहेको बताए ।
लामिछानेले भने, ‘रास्वपा सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टीका रूपमा छिट्टै खडा हुनेछ। समाजमा निरासाको ठूलो बादल छाएको छ।’









































