Homeमुख्य समाचाररिगलको कैद मिनाहामा सरकारले माफी माग्नुपर्दैन ? विश्वप्रकाशको प्रश्न ?

रिगलको कैद मिनाहामा सरकारले माफी माग्नुपर्दैन ? विश्वप्रकाशको प्रश्न ?

रिगलको कैद मिनाहामा सरकारले माफी माग्नुपर्दैन ? विश्वप्रकाशको प्रश्न ?

काठमाडौं,7 नोभेम्बर 2023

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले योगराज ढकाल (रिगल) को कैद मिनाहाको घटनामा सरकारले माफी माग्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले रिगलको कैद मिनाहाको सिफारिस आएपछि राष्ट्रपति कार्यालयले पनि विचार गर्र्नुपर्ने धारणा राखे । यस्तो गम्भीर घटना हुँदा पनि राज्यले केही थाहा नपाएजस्तो गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले रिगलको कैद मिनाहाका विषयमा सरकारले नैतिक जिम्मेवारी नलिएको धारणा राखेका हुन् ।

‘सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दासमेत कोही पनि आत्मलोचना गरेको देख्दिन । हाम्रो पार्टीको कानूनमन्त्री हुनुहुन्छ, पार्टीको उपसभापति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रिपरिषदमा उपप्रधानमन्त्री हुनुहुन्छ । कसैले जिम्मेवारी लिनुपर्दैन ? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन ? बोल्नुपर्दैन ?’ उनले प्रश्न गरे ।

नेपालगञ्जका चेतन मानन्धर हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल)लाई ३ असोजमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले दिएको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले उक्त कैद मिनाहा बदर गरिदिएको थियो । सर्वोच्चको आदेशपछि रिगल पुनः जेल परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...