HomeFeatureरुसमा बनेको कोरोना खोपको प्रारम्भिक परिक्षणमा सकारात्मक नतीजा

रुसमा बनेको कोरोना खोपको प्रारम्भिक परिक्षणमा सकारात्मक नतीजा

रुस, 5 सेप्टेम्बर 2020

रुसका वैज्ञानिकहरुले विकासित गरेको कोरोना भाइरस विरुद्धको खोपमाथि भएको प्रारम्भिक परिक्षणमा सकारात्मक नतीजा देखिएको छ । रुसका वैज्ञानिकहरुले परिक्षणमा शारीरिक प्रतिरोधबारे देखाएका संकेतहरु समेटिएको पहिलो प्रतिवेदन शनिवार सार्वजनिक गरेको छ । मेडिकल जर्नल दि लान्सेटमा प्रकाशित सो प्रतिवेदनमा परिक्षणमा संलग्न प्रत्येक सहभागीमा भाइरस विरुद्ध लड्ने एन्टीबडी विकासित भएको तथा नकारात्मक प्रभाव नदेखिएको जनाइएको छ ।

रुस सरकारले यस खोपको स्थानिय स्तरमा प्रयोग गर्न गत अगस्तमा नै अनुमति दिएको थियो । खोप सम्बन्धी आवश्यक तथ्याङ्कहरु बहिरिनु अघि नै खोप प्रयोगका लागि तयार हुने रुस विश्वकै एक मात्र पहिलो मुलुक हो । तर अझै पनि स्वास्थ विशेषज्ञहरुले यस खोपको प्रभावकारिता र सुरक्षा प्रमाणित गर्न अझै धेरै परिक्षणको आवश्यकता रहेको औल्याएका छन् ।

तर ती समीक्षकहरुलाई सिधा उत्तर दिने हिसाबले मस्कोले खोपको परिणामलाई निकै प्रशंसा गरेको छ । केही पश्चिमी विशेषज्ञहरुले रुसको खोप निर्माण सम्बन्धी कामको तिव्रतालाई लिएर चिन्ता व्यक्त गर्नुका साथै अनुसनधानकर्ताहरुले हतार गरेको हुनसक्ने बताएका छन् ।

गत महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले आवश्यक सम्पूर्ण परिक्षण पार गरेको तथा आफ्नी एक छोरी माथि समेत यो खोप प्रयोग गरिएको बताउनु भएको थियो । दि लान्सेटका अनुसार स्पुटनिक – ५ नामक खोपको दुई वटा परिक्षण जुन र जुलाई महिनाबिच गरिएको थियो ।

सो परिक्षणमा संलग्न ३८ जना स्वस्थ स्वयमसेवक मध्ये प्रत्येकलाई सो खोप दिइएको तीन साता पछि एउटा वुस्टर खोप दिइएको थियो । १८ देखि ६० वर्ष उमेर समुहका ती स्वयम सेवकलाई ४२ दिन सम्म अवलोकन र अनुगमनमा राखिएको थियो ।

तिनीहरु सबैमा तीन साता भित्र एन्टिबडी विकास भएको थियो । अधिकांशमा टाउको र जोर्नीहरु दुख्ने जस्ता एउटै साइड इफेक्ट देखिएको बताइएको छ । खोपको तेश्रो चरणको परिक्षणमा विभिन्न जोखिम र उमेर समुहका ४० हजार स्वयम सेवक सरिक हने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...