HomeFeatureरुसी सेनामा कार्यरत नेपालका युवक युक्रेनी सेनाको कब्जामा

रुसी सेनामा कार्यरत नेपालका युवक युक्रेनी सेनाको कब्जामा

काठमाडौं, 25 अक्टोबर 2023

रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ। युक्रेनको गृहमन्त्रीका सल्लाहकार एन्टोन गरास्चेन्कोले एउटा भिडिओ शेयर गर्दै यसको पुष्टि गरेका छन् ।  युवक बर्दियाका विवेक खत्री हुन् । गरास्चेन्कोले ट्वीटरमा शेयर गरेको भिडिओमा विवेकलाई केही प्रश्न सोधिएको छ । विवेकले आफू पैसा कमाउनका लागि रसियन सेनामा भर्ती भएको बताएका छन् ।

रसियन सेनामा भर्ना हुनुको कारणबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मेरो परिवार आर्थिक समस्यामा थियो । मेरी आमासँग कुनै काम थिएन । हामीलाई पैसा चाहिएको थियो । त्यसैले यो निर्णय लिएँ ।’आफूलाई एकजना साथीले रसियन सेनामा भर्ती हुन सल्लाह दिएको उनले बताएका छन् । विवेकका अनुसार ती साथीले उनलाई रसियन सेनामा प्रशस्त पैसा कमाउन सकिने बताएका थिए ।‘म एउटा सफल व्यक्तिका रूपमा आफ्नी आमासामु फर्किन चाहन्थेँ । त्यसैले (रसियन सेनामा) जोडिएँ,’ उनले भनेका छन् ।

उनले आफू एक व्यक्तिले मोबाइलमा भाषा अनुवाद गरेर सेनामा आवद्ध भएको बताएका छन् । युद्धको बारेमा के धारणा छ भन्ने प्रश्नमा विवेकको जवाफ छ, ‘धेरै मानिसहरू मारिएका छन् । युद्ध समाधान होइन । सबै मानिसहरू समान छन् । मानिसहरू मार्नु राम्रो कुरा होइन ।’रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ। यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...