HomeFeatureरेडक्रसद्धारा नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग

रेडक्रसद्धारा नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग

काठमाण्डौ, 19 नोवेम्बर 2020

नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ। रेडक्रसले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो। बिहीबार रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो। रेडक्रसले सात वटै प्रदेशलाई एक/एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो। भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्वपूर्ण हुने बताउनुभयो। यस्तै उपलब्ध भेन्टिलेटरहरु सात वटै प्रदेशका सबैभन्दा धेरै विरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिवद्धता समेत मन्त्री ढकालले व्यक्त गर्नुभयो।

रेडक्रसले उपलब्ध गराएको भेन्टिलेटर मध्ये एउटा भेन्टिलेटर बागमती प्रदेश अन्तर्गत काठमाडौंमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आजै उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यसअघि भारतीय सरकारले २८ वटा भेन्टिलेटर र अमेरिकी सरकारले एक सय वटा भेन्टिलेटर उपलब्ध गराएका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...