काठमाण्डौ, 11 अगस्त 2021
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन्। उनले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन्। वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै उनले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएका राजीनामापत्रमा उल्लेख गरेका छन्। ‘देश र जनताविरुद्ध विभिन्न अवाञ्छित स्वार्थहरुको गठजोडले बनेको गंगटे सरकराले गर्ने जनविरोधी कामहरुको सहयात्री र मूकदर्शक हुन मेरो नैतिक मूल्यमान्यता र मुलुकप्रतिको अगाध प्रेमले नदिने हुँदा मैले आजैका मितिदेखि लागू हुनेगरी नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धक पदबाट राजीनामा दिएको छु,’ उनले लेखेका छन्। सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो।









































