HomeFeatureलकडाउनको पीडा, परिवारले अन्तिम पटक अनुहार पनि हेर्न पाएन जीत बहादुरको

लकडाउनको पीडा, परिवारले अन्तिम पटक अनुहार पनि हेर्न पाएन जीत बहादुरको

देहरादुन, 29 अप्रेल

हुन त लकडाउन हामी तपाईलाई कोरोना महामारीबाट बचाउने एउटा ब्रह्मास्त्र हो । तर यसका कारण कतै-कतै मानिसहरु यति लाचार भएका छन कि परिवारको सदस्यले ज्यान गुमाउँदा अन्तिम पटक अनुहार समेत देख्न पाइरहेका छैनन् । यस्तै एक घटना उत्तराखण्ड राज्यको देहरादुनमा घटेको छ । त्यहाँ हरिद्वारमा काम गर्न गएका एक नेपालीको मुटुसम्बन्धि रोगका कारण निधन भएपछि पारिवारिक सदस्य बिनानै अन्त्येष्टी गरिएको छ ।  जानकारीका अनुसार बागलुङको निशी खोला गाऊँपालिका वडा नं. 3 का 38 वर्षीय जीतबहादुर घर्ती मगर हरिद्वारमा अनलाईन मार्केटिङको काम गर्ने गर्दथे । लकडाउनकै क्रममा करिब 4 दिन अघि जीतबहादुरलाई हृदयघात भएपछि स्थानिय अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँबाट उनलाई देहरादून को एमसीसी अस्पतालमा रेफर गरिएको थियो । तर उनलाई फेरि अर्को पटक पनि हृदयघात परेपछि मंगलवार उनको निधन भएको हो । हरिद्वारबाट 2 जना अन्य नेपालीहरुले मानवीय नाताले देहरादूनको अस्पतालमा पुर्याएपनि उनिहरुले अस्पतालको 95 हजारको बील तीर्न सकेका थिएनन् । अस्पतालले पैसा नतिरेसम्म शव नदिने भन्दै आएको थियो ।

त्यसपछि देहरादूनका युवा समाजसेवी टेकु थापा मगरले गोर्खा कल्याण परिषद् मार्फत उत्तराखण्ड सरकारसित सहयोग माग गरेपछि अस्पतालको बील तिरिएको थियो ।  टेकु थापा मगरका अनुसार मृतक जीतबहादुर घर्ती मगरको परिवार बागलुङमै बस्छ । जीतबहादुरका बुवा-आमा, पत्नी र 2 वटा छोरी रहेका छन । उनिहरुको आर्थिक अवस्था राम्रो छैन । टेकु थापा मगरले नेशनल लाईभलाई भने ” हाम्रो पहलमा उत्तराखण्ड सरकार शवलाई सुनौली सीमासम्म पुर्याउन तयार भएको थियो । तर जारी लकडाउन र पारिवारिक आर्थिक अवस्था राम्रो नभएका कारण सीमाबाट शवलाई बुझ्न नसक्ने भएकाले शवलाई त्यँही अन्त्येष्टी गर्न परिवारले आग्रह गरेपछि म लगायत समाजसेवी बूद्देश राई, राजु मल्ल, करन पुजारा, कपिल र तिलक बुढ़ाले अन्तिम संस्कार गरेका हौं । “

उहाँले अस्पतालको खर्चदेखि शमसान घाट सम्म शवलाई पुर्याउन सहयोग गरेकोमा गोर्खा कल्याण परिषद् अध्यक्ष टी डी भूटिया र राज्य सरकारप्रति आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...