HomeFeatureलकडाउनको 46 औँ दिन पूरा, अत्यावश्यक सेवाका पसलहरु खुल्न थाले

लकडाउनको 46 औँ दिन पूरा, अत्यावश्यक सेवाका पसलहरु खुल्न थाले

काठमाण्डौँ, 8 मे 2020

कोरोना भाइरस कोभिड-19 संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनको 46 औँ दिन पुगेको छ। गत चैत 11 गतेबाट जारी गरिएको लक डाउनको 46 औँ दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन्। सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भिडभाड बढेको छ। उपत्यकामा अत्यावश्यक र खाद्यान्न बोकेका सवारीसँगै नीजि पासबाहक सवारी पनि सञ्चालनमा आएका छन्। मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरु अझै बन्द रहेपनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरु खुलेका छन्। तरकारी तथा फलकुल किन्नेहरुको पसलमा भिड देखिन्छ। सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन्।

सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ। बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छानाखाना तथा प्रेससम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालन छन्। शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्रि वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...