HomeFeatureलकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै सिभिल मलका व्यापारीहरुद्वारा प्रदर्शन

लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै सिभिल मलका व्यापारीहरुद्वारा प्रदर्शन

काठमाण्डौ, 15 जुलाई 2020

सिभिल मलका व्यापारीहरुले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । सिभिल मलका व्यापारीहरु लकडाउन अवधिको भाडा छुट दिनुपर्ने माग गर्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका छन् । सिभिल मल व्यापार संघका उपाध्यक्ष धनबीर श्रेष्ठले लकडाउन अवधिको पुरै भाडा छुट गर्नुपर्ने माग गर्दै १० दिन यता प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले मल सञ्चालकले वार्ताका लागि अहिले सम्म नबोलाएको र सञ्चालकसँग समझदारी नहुँदा सम्म आन्दोलनलाई जारी राख्ने बताउनुभयो ।

व्यापारीहरुले लकडाउन अवधिभर पसल खोल्न नपाएको भन्दै उक्त अवधिको पुरै भाडा छुट दिनुपर्ने बताएका छन् । उनीहरुले लकडाउन खुलेपछि पनि व्यापार नभएकाले भाडा तिर्न नसक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...