लमजुङ, 28 जनवरी 2022
बिहीबार राति १० बजेर ३४ मिनेटमा लमजुङ जिल्लामा २.५ रेक्टर स्केलको भूकम्प गएको छ । क्वोलसोथर गाउँपालिकाको बागलुङपानी क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको समयमा राति र चिसोका कारण धेरैजसो मानिसहरु सुतिसकेका थिए । कतिपय स्थानीयले भूकम्पको धक्का महसुस नगरेको पनि जनाएका छन् । जिल्लामा २०२१ जेठ १९ गते भूकम्प गएपछि केहीको ज्यान गएको थियो भने त्यसयता करिब १०० परकम्प गएको जनाइएको छ ।









































