HomeFeatureलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुटवल नगरद्धारा बाढी र पहिरोबारे ध्यानाकर्षण पत्र

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुटवल नगरद्धारा बाढी र पहिरोबारे ध्यानाकर्षण पत्र

रुपन्देही, 28 सितम्बर 2021

नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पिडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार काँग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो । नगर समितिले  बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ । काँग्रेसका नव निर्वाचित नगरसभापति पाण्डेले  घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुको लागी केही राहत तथा पुनःस्थापना नगरेको भन्दै तत्काल राहतका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो । उहाँले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तीब्रता दिन आग्रह गर्नुभयो । ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले पहिरो तथा बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरिरहेको बताउदै दशै अघि नै राहत दिने गरी प्रदेश सरकारले तयारी थालेको बताउनुभयो । भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घर परिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबार विहिन बनेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...