HomeFeatureलुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्छ: राष्ट्रिय सभा अध्यक्ष, तिमिल्सिना

लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्छ: राष्ट्रिय सभा अध्यक्ष, तिमिल्सिना

काठमाण्डौ, 18 अप्रिल 2021
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने बताउनुभएको छ । आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताउनुभएको हो । स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा पर्छ भन्नेकुराकै प्रचार प्रसार गर्ने र नेपालमा पर्यटन विस्तार हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो लुम्बिनी विकास गुरुयोजना पुरानो भइसक्यो अब । नयाँ अझ थप गर्नुपर्छ । किनकी विकास सँगसँगै धेरै कुरामा परिवर्तन आएको छ । नयाँ अझै थप्नुपर्ने हुन्छ । यतापनि सम्पन्न गर्नेतिर हामी जोड गर्छौ र अब त्यो गतिमै जान्छ भन्ने हामीलाई विश्वास छ । हामीले यो बुझ्नुभएन की, अर्को लुम्बिनी बन्न खोजेको कुरा होइन ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले स्पेनमा बन्न लागेको लुम्बिनीले शान्तिको खोजी गर्न बुद्ध जन्मभूमिमा जानुपर्छ र शान्तिको दिप प्रज्वलन नेपालबाट भएको रहेछ भन्ने कुराहरुको विश्वलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । स्पेनमा संरचना बन्नासाथ सबै त्यहिं जान्छन् भन्ने नरहेको पनि अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्य मन्त्री गुईलेरम्मो फर्नान्डेज भारको निमन्त्रणा तथा लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा अप्रिल ६ देखि १२ मा सम्पन्न शान्ति सम्मेलनमा सहभागी हुन स्पेन जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...