HomeFeatureवर्तमानमा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको व्यवसायीहरूको गुनासो

वर्तमानमा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको व्यवसायीहरूको गुनासो

काठमाण्डौँ, 19 जनवरी 2020

ग्रील तथा स्टील व्यवसायीहरुले अहिलेको अवस्थामा राज्यको नीति नियम पालना गरेर व्यवसाय गर्ने अवस्था नरहेको बताएका छन्। ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंको वार्षिक साधारण सभामा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियमहरु पालना गर्न नसक्ने बताउनुभएको छ। उहाँले साना लघु घरेलु उद्योगको रुपमा रहेका ग्रील तथा स्टील व्यवसायीहरुले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने बताउनुभयो। उहाँले यो व्यवसायलाई प्रतिस्प्रधि बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताउनुभयो। प्रविधिमा सरकारले अनुदान दिएमा उत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारका नीतिहरु पालना गर्न सकिने बताउनुभयो।

कार्यक्रममा अध्यक्ष कटुवालले व्यवसायीहरु पनि जिम्मेवार बनेर प्रविधिको प्रयोग बढाउन लाग्नुपर्ने बताउनुभयो। उहाँले प्रविधिमा अनुदान दिन महासंघले सरकारसँग प्रस्ताव लगेको जानकारी समेत दिनुभयो। उहाँले व्यवसायीलाई प्रोत्साहन गर्न सरकारले बजारको व्यवस्था गर्नुपर्ने र सहुलियत दरमा कर्जा उपलब्ध गराउनुपर्ने समेत बाउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...