HomeFeatureविकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन: गुरुङ

विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन: गुरुङ

काठमाडौं, 20 अक्टूबर 2022

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । आगामी मंसिर ४ हुने  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे । गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो । देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको गुरुङले बताए । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायतको समग्र विकासमा लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्नेमा जोड दिए। आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको र आफूलाई विजयी गराउन उनले अनुरोध गरे । सुन्दरबजार नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै अब पुन: चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सदस्यमा आफूलाई र प्रदेश सभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा ‘ख’ मा भेषबहादुर पौडेललाई मतदान गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...