HomeFeatureविदेशी पर्यटकहरुको आगमनमा कमी, व्यवसायीहरु आफै ‘घुमौं सौराह’ अभियामा जुटे

विदेशी पर्यटकहरुको आगमनमा कमी, व्यवसायीहरु आफै ‘घुमौं सौराह’ अभियामा जुटे

काठमाण्डौ, 9 अप्रिल 2021
नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन् । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भईरहेको व्यवसायीहरुको गुनासो छ । अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीहरुले बताएका छन् ।

असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षा अनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराह अभियान’ सञ्चालन गरेका थिए । त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी शुरु गरेपछि भने व्यवसायीहरुलाई केही राहत मिलेको छ । यस्तै आन्तरिक पर्यटक आउने क्रम पनि बढेको छ ।

कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक वर्ष अघि देखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौंको क्षति भएको व्यवसायीहरुले बताउँदै आएका छन् । तरपनि राज्यले दिने भनेको सुविधा कागजि जटिलताका कारण लिन नसकेको गुनासो व्यवसायीहरुको छ । राहत प्याकेजमा साहुलियत दरको कर्जा सहज ढङ्गबाट उपलव्ध गराउनुपर्ने क्षेत्रीय होटल संघ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताउनुभयो ।

कोरोना संक्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नका लागि निजि र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने अवस्था छ । यसका साथै व्यवसायीहरुलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेजलाई व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...