HomeFeatureविधायन व्यवस्थापन समितिद्धारा अनुगमन तथा मुल्यांकन विधेयक २०७६ पारित

विधायन व्यवस्थापन समितिद्धारा अनुगमन तथा मुल्यांकन विधेयक २०७६ पारित

काठमाडौं, 1 सितम्बर 2021

राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको छ । समितिको बुधबार बसेको बैठकले अनुगमन तथा मुल्यांकन विधेयक, २०७६ पारित गरेको हो । समिति सभापति परशु राम मेघी गुरुङले विधेयक समितिले सर्वसम्मत् पास गरेको जानकारी दिनुभयो । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सभापति गुरुङले सो विधेयकले विकास निर्माणका कामका नीति तथा योजना बनाउन, योजनालाई कार्यान्वयन गर्न तथा जवाफदेही बनाउन तथा सम्बन्धित निकायलाई जवाफदेहिता र उत्तरदायित्व बहन गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले विधेयकले अनुगमन तथा मुल्यांकन गर्ने निकायहरु तोक्ने र अनुगमन तथा मुल्यांकनको आधार र मापदण्डहरु तोक्ने काम गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आजको बैठकमा हामीले अनुगमन तथा मुल्यांकन सम्बन्धमा नयाँ विधेयक छलफल गरेर यो पारित गर्ने काम भएको छ । यो विधेयकले खासगरी विकासको नीति, योजना, कार्यान्वयन, उत्तरदायित्व, जवाफदेहीता प्रवद्र्धन गर्न, त्यसको अनुगमन, मुल्यांकन गर्ने र त्यो अनुगमन, मुल्यांकन तथ्यपरक हुनुपर्यो । विश्वसनीय हुनुपर्यो । त्यसले गुणस्तरीयता पनि हेर्नुपर्यो । व्यवस्थित, नतिजामुखि, प्रभावकारी बनाउने सम्बन्धमा यो ऐन बनेको छ । यसले अनुगमन तथा मुल्यांकन गर्ने निकायहरु तोक्ने काम गरेको छ । अनुगमन तथा मुल्यांकन गर्नुपर्ने आधार, मापदण्डहरु पनि तोकेको छ ।’

अनुगमन तथा मुल्यांकन गर्ने निकायले सही ढंगले अनुगमन तथा मुल्यांकन नगरेको खण्डमा सो निकायपनि कारबाहीको दायरामा आउनसक्ने व्यवस्था विधेयकमा उल्लेख गरिएको उहाँले बताउनुभयो । यसले काम गराउने व्यक्ति तथा निकायहरुलाई पनि जिम्मेवार बनाई गलत गरेको खण्डमा विभागिय कारबाही र भ्रष्टाचारको कारबाहीको लागि सिफारिस गर्नसक्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘अनुगमन तथा मुल्यांकन गर्ने निकायले अनुगमन तथा मुल्यांकन ठिक ढंगले गरेन भने अनुगमन तथा मुल्यांकन गर्ने निकायपनि कारबाहीको दायराभित्र आउन सक्नेछ । र अनुगमन तथा मुल्यांकन गर्दाखेरी त्यो गुणस्तरीय छैन, योजना अनुरुप त्यो काम भएको छैन भने त्यो गर्ने, गराउने निकायहरुलाई पनि र व्यक्तिलाई पनि जिम्मेवार बनाएको छ । उनीहरुलाई पनि विभागिय कारबाहीदेखि लिएर अरु थुप्रै भ्रष्टाचारसम्मको कारबाहीमा सिफारिस गर्नसक्ने कुराहरु यो ऐनले व्यवस्था गरेको छ । यो ऐन नेपालको नयाँ ऐन हो, जसले गर्दा आज नेपालमा आयोजनाहरु समयमा पुरा नहुने यसका कारणहरु सबैकुरा यसले खोजिनीति गरेर तदारुकताका साथ काम गर्नेछ यो ऐन मार्फत् ।’

उहाँले आगामी दिनमा विकास निर्माणका आयोजनाहरु अलपत्र हुने, अनियमितता हुने कुराबाट जोगाउने आशयसहितको व्यवस्था विधेयकमा भएको पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...