HomeFeatureविनय मोहन क्वात्रा नयाँ विदेश सचिव, हर्षवर्धन श्रृङ्लाको अवकाशपछि पदभार ग्रहण गर्ने

विनय मोहन क्वात्रा नयाँ विदेश सचिव, हर्षवर्धन श्रृङ्लाको अवकाशपछि पदभार ग्रहण गर्ने

दिल्ली, 5 अप्रैल 2022

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सोमबार नयाँ विदेश सचिवमा नियुक्त भएका छन् । उनले यसै महिनाको अन्त्यमा अवकाश लिने हर्षवर्धन श्रृङ्लाको स्थान लिनेछन् । कर्मचारी मन्त्रालयको आदेशमा यो जानकारी दिइएको हो । सन् १९८८ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) अधिकारी क्वात्राको नियुक्तिको घोषणा गर्दै मन्त्रालयले अप्रिल ३० मा विदेश सचिवको पदभार ग्रहण गर्ने जनाएको छ। मन्त्रिपरिषद्को नियुक्ति समितिले क्वात्राको नियुक्तिलाई अनुमोदन गरेको थियो । क्वात्राले सन् २०२० मा नेपालका लागि राजदूत नियुक्त हुनुअघि सन् २०१७ अगस्टदेखि २०२० फेब्रुअरीसम्म फ्रान्सका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए। ३२ वर्षको सेवा अवधिमा उनले २०१५ अक्टोबरदेखि २०१७ भदौसम्म दुई वर्ष प्रधानमन्त्री कार्यालय (पीएमओ) मा सहसचिवको पद पनि सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...