HomeFeatureविनियोजन विधेयक २०७८ पारित

विनियोजन विधेयक २०७८ पारित

काठमाडौं, 23 सितम्बर 2021

राष्ट्रियसभा बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ । बिहीबार बसेको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । त्यस्तै बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सनाउनुभएको थियो । त्यसअघि बैठक प्रारम्भ हुनसाथ एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर बिरोध जनाएका थिए । बैठकमा एमाले राष्ट्रियसभा सदस्य कोमल ओलीले सभामुख अग्नि सापकोटाको भूमिकाप्रति तिव्र असन्तुष्टि व्यक्त गर्दै सभामुखले राजीनामा नदिएसम्म समस्याको समाधान नहुने बताउनुभएको थियो । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले संसदमा देखिएको गतिरोधको अन्त्य गर्न प्रधानमन्त्री शेर बहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई सभामुखले कारवाही नगरेको भन्दै एमालेले संघीय संसदको दुवै सदनमा निरन्तर विरोध गरिरहेको छ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...