HomeFeatureविपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्रीद्वारा निर्देशन

विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाउन गृहमन्त्रीद्वारा निर्देशन

काठमाण्डौ, 6 जुलाई 2020

गृहमन्त्री रामबहादुर थापाले मनसुनका कारण उत्पन्न हुने विपदको व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिनुभएको हो । उहाँले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरुलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिनुभयो । उहाँले घटना घटनासाथ उच्च सतर्कता अपनाई तुरुन्तै परिचालित हुने गरी काम गर्न समेत निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो ‘अव यसलाई कसरी समाधान गर्ने यो संकटलाई अहिले आएको र अव आउने भावि संकटलाई भनेर दुईवटा कुरा गर्न जरुरी छ । अव हामीले हाम्रो सतर्कता हाम्रो केन्द्रको कार्यसमिति यससित सम्बद्ध सबै विभागहरु सबै सरोकारवाला संघ संस्थाहरु यस सित आवद्ध छन् । हामीले हाम्रो सतर्कतालाई उच्च अवस्थामा पु¥याउन जरुरी छ । जसलाई हाइ एलर्ट हामी भन्छौं । हामी हाइ अलर्टको अवस्थामा रहन जरुरी छ चौविसै घण्टा । मलाई लाग्छ पक्कैपनि हाम्रा सबै सम्बद्ध संस्थाहरु विभागहरु सतर्क नै हुनुहुन्छ तर यति सतर्कताले पुग्दैन । यसलाई अझ बढाउन जरुरी छ भन्ने लाग्छ । दोस्रो कुरा हामीले घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ । उच्च सतर्कता र तुरुन्तै परिचालित हुने तल हाम्रो स्थानीय तहहरुमा हामीले संरचना बनाएका छौं जुध्नको निम्ति हाम्रो प्रदेश स्तरमा पनि छ केन्द्रस्तरमा पनि छ । केन्द्र स्तरमा विभिन्न अन्य संरचनाहरु पनि विभागिय भनौं अथवा विषयगत संरचनाहरु पनि हामीले बनाएका छौं । हामी सबै घटना घटनासाथ तुरुन्तै परिचालित हुन जरुरी छ ।’

गृहमन्त्री थापाले जेठ देखि नै मनसुन सुरु भएको र भदौ सम्म रहने भएकाले यसबाट उत्पन्न हुने संकटको सामना गर्ने सन्दर्भमा नयाँ नीति र योजनाहरु अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘घटनाको निरन्तर समिक्षा गर्दै हामीले यसलाई समाना गर्ने यससित जुध्ने र समस्याको समाधान गर्ने सन्दर्भमा फेरी हामीलाई नयाँनयाँ नीतिहरु योजनाहरु पनि सँगसँगै अपडेट गर्दै जानुपर्ने हुन्छ ।’

मनसुनले यस वर्ष बाढी पहिरोको जोखिम बढाएको भन्दै संकटको सम्भावनाको आकलन गरिएको बताउनुभयो । जेठ महिनामा नै पानी परेकाले धरातल भिजेको र आगामी दिनमा ठूलो वर्षा हुने अनुमान पनि गरिएकाले देशव्यापी रुपमा नै बाढी पहिरो आई धनजनको क्षति ल्याउने सम्भावनाहरु प्रवल देखिएको बताउनुभयो । उहाँले संकटलाई सामना गर्दै जनताको जीउ धनको रक्षा गर्ने चुनौति बढेको बताउनुभयो ।

उहाँले भन्नभयो ‘मनसुनले ल्याएको संकट मुख्यतः बाडि पहिरोको रुपमा जुन संकट पैदा हुँदै गइराखेको छ र अहिलेको हाम्रो समिक्षा हेर्दाखेरी यो वर्ष मनसुनले ठूलै संकट ल्याउने सम्भावना को हामीले आकलन गरिराखेका छौं । अहिले हाम्रो विज्ञहरुको भनाई अनुसार मनसुनले यो जेठ महिनामा नै यहाँको धरातललाई धेरै भिजाई सकेको छ यसलाई स्याचुरेट गरिसकेको छ । अव आगामी दिनमा ठूलो वर्षा हुने पनि देखिन्छ । विशेष गरेर अव आउने ३/४ दिन अविरल वर्षा हुने सम्भावना देखिएको छ  विशेष गरेर पूर्व र मध्य क्षेत्रहरुमा त्यसकारणले अविरल वर्षा भयो भने यसले निश्चित रुपमा देशव्यापी रुपमा विशेष गरेर मध्य देखि पूर्व सम्म ठूलो बाढी पहिरो आउने र त्यसले जनधनको क्षति ल्याउन सक्ने सम्भावनाहरु प्रवल देखिएको छ । त्यसकारणले यो संकटलाई कसरी सामना गर्ने र जनताको जीउधनको कसरी रक्षा गर्ने भन्ने चनुौति हाम्रो अगाडि खडा भएको छ ।’

उहाँले देशले चारवटा संकट एकैपटक व्यहोर्नुपरेकाले चुनौति पनि बढी नै रहेको बताउनुभयो । कोरोनाका भाइरसका कारण मानव स्वास्थ्यमा परेको संकट, अर्थतन्त्रमा परेको संकट, लामो समय लकडाउन हुँदा समाजमा परेको संकट र मनसुन छिटो हुँदा बाढी पहिरोका कारण पर्ने संकटको व्यवस्थापन एकैसाथ गर्नुपरेकाले चुनौति धेरै रहेको गृह मन्त्री थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...