रौतहट, २८ जनवरी
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्लाका सदस्य पक्राउ परेका छन् ।
सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।









































