काठमाडौं, 14 जनवरी 2022
नेपालको भूमि लिपुलेकमा विवेकशील साझा पार्टीले सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी मोदीको सो अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारी पनि आपत्तिजनक बनाएको जनाइएको छ। विज्ञप्तिमा जनाएका अनुसार ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा सो नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक नेपाली सरकारको मौनता र लाचारी पनि छ । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद गर्न पनि विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ ।









































