HomeFeatureविवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

विवेकशील साझा पार्टीद्वारा काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

ललितपुर, 16 अप्रैल 2022

विवेकशील साझा पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट काठमाडौं महानगरका उम्मेद्वारको चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । ललितपुरस्थीत पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै विवेकशील साझा पार्टीले काठमाडौं महानगरको बिकासको योजना सहितको चुनावी प्रतिज्ञा पत्र सावर्जनिक गरेको हो । प्रतिज्ञा पत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा कला संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तारलाई मूल एजेण्डा बनाइएको छ । त्यस्तै नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सो पार्टीको मूल एजेण्डामा राखिएको छ । पत्रकार सम्मेलनमा विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले प्रतिज्ञा पत्रमा भएका बिषयलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । उहाले आफ्नो दलका उम्मेदवारको इमान्दारी, परिपक्वता र क्षमताको परीक्षण गर्न दिन पनि आग्रह गर्नुभयो । विवेकशील साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...