HomeFeatureविश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित

विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित

काठमाडौं,12 अगस्त 2020

कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ । एसियाली मुलक र विश्वभरी फैलिएको कोरोना भाईरस महामारीलाई कारण देखाउँदै एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जनाएको छ । एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन् । कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचना मार्फत जानकारी दिएको छ ।

२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेल अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ। असोज र कात्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका रहेको थियो । यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ । नेपालले असोज २२ गते चाईनिज ताईपेइसँग र ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका सार्वजनिक भएको थियो ।

यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो । त्यसका लागि ३४ खेलाडीको सोमबार र मंगलबार सहभागि हुने खेलाडीको पिसिआर परिक्षणका लागि ललितपुर स्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...