Homeसमाचारनेपालविश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर

विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर

काठमाडौं, 10 जुन 2023

देशभर तापक्रम बढिरहेका बेला विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा पनि गर्मीले जनजीवन कष्टकर हुन थालेको छ । प्रायः चिसो भइरहने नाम्चे बजारमा एक सातादेखि असह्य गर्मी महसुस गरिएको छ ।

एक स्थानीयले भने, ‘१२ वर्ष अगाडि एक पटक यस्तै गर्मी भएको थियो, एक सातादेखि यहाँ टन्टलापुर घाम लागिरहेको छ । दैनिक तापक्रम १२ डिग्री सेल्सियससम्म पुगेको छ । ‘बिहान ८ बजेदेखि साँझ ५ सम्म चर्को घाम लाग्छ, हिमाली भेगका स्थानीयका लागि यो धेरै गर्मी हो,’ स्थानीय व्यवसायी लामाकाजी शेर्पाले भने ।

himaal

यसअघिका वर्षमा यो समय यहाँको औसत तापक्रम ४ देखि ५ डिग्री सेल्सियससम्म हुने गर्थ्यो । गर्मीले गर्दा स्थानीय दिउँसो घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीय छिमिकाल्देन शेर्पा बताउँछन् । समुद्र सतहबाट ३४ सय मिटर उचाइमा रहेको नाम्चेमा समेत गर्मी बढ्दा कृषि कर्ममा समेत असर गरेको छ । आरोहणको सिजन लगभग सकिए पनि अहिले दैनिक १५–२० जना विदेशी पर्यटक नाम्चे पुग्ने गरेका छन् ।

यता नाम्चेमा तत्काल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  त्यसैगरी, सोलुखुम्बुकै स्याङबोचेमा पछिल्ला तीन दिनयता तापक्रम निरन्तर उकालो लागिरहेको छ । मंगलबार १४.१ डिग्री सेल्सियस मापन गरिएको तापक्रम शुक्रबार १५.२ डिग्री पुगेको छ । लुक्ला उपत्यकाको अधिकतम तापक्रम भने शुक्रबार २३.६ डिग्री सेल्सियस पुगेको छ । यहाँ बिहीबार २४.२ डिग्रीसम्म अधिकतम तापक्रम रेकर्ड भएको थियो ।

उता, मुस्ताङको जोमसोममा पनि पछिल्लो चार दिनयता तापक्रममा लगातार वृद्धि भइरहेको छ । मंगलबार १९.२ डिग्री अधिकतम तापक्रम रहेको जोमसोममा बुधबार बढेर २२.४, बिहीबार २२.७ हुँदै शुक्रबार २३.८ डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुगेको छ ।

पोखरामा पनि २३ वर्षयताकै गर्मी रेकर्ड भएको छ । शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३५.९ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । ‘झन्डै २३ वर्षपछि पोखराको तापक्रम यति धेरै पुगेको हो,’ मौसम विज्ञान कार्यालय प्रमुख मीनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । बिहीबार तापक्रम ३५.७ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...