HomeFeatureविश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

काठमाडौं, 10 सितम्बर 2021

यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएको छ । शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फस्र्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिनुभएको हो । उहाँले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताउनुभयो । कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताउनुभयो ।

कार्यक्रम संयोजक गुरुङले भन्नुभयो, ‘हामीले चाहेमा घातक रसायनिक विषदीरहीत खेतीपातीबाट विषमुक्त र पोषणयुक्त खाना सबै र सधैँका लागि उपलब्ध गराउन सक्छौँ भन्ने कुरामा दृढ अठोट लिन र निरन्तर प्रयासरत रहन यो दिवसले हामी सबैमा उत्प्रेरणा जगाओस् भन्न चाहन्छौं, हाम्रा सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने वृहत र शाहसी राजनैतिक प्रतिज्ञा यसरी बिर्से कि त्यो भन्नका लागि मात्रै भनिएको जस्तो भान भएको छ, प्रदेश र पालिकाहरुले पनियस दिशामा धेरै उत्साह देखाएका छैनन् ।’

संयोजक गुरुङले १४ औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो । उहाँले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस पृष्ठभूमिमा यस वर्ष हाम्रो पहल सुरक्षित भविष्यका लागि उत्पादन, पोषणा र पर्यावरण भन्ने नारासहित मनाउन लागिएको १४ औँ विश्व खाद्य दिवस हाम्रा लागि सान्दर्भिक र महत्वपूर्ण छ, यस प्रशंगमा हामी नेपाली सबै भोको नरहने र पर्याप्त खान पाउने आधारभूत खाद्य अधिकार समाजका संरचनात्मक विभेद, भूराजनीति, उपनिवेश र परनिर्भरताको साङ्लामा जकडिएको र उकुच जस्तै बल्झिएको पक्ष त छँदैछ, त्यसमाथि थपिएका पर्यावरण, मानव स्वास्थ्य, खाद्य शंकट, आम्दानी र जीवनयापनका आधारभूत समस्याहरुसँग जुधिरहेका छौ, यसमाथि विगत दुई वर्षदेखि कोभिड १९ को महामारी र यसले निम्त्याएका विषम परिस्थितीको सामना गरिरहेका छौँ ।’

नेपाली किसानलाई केन्द्रमा राखेर मात्र नेपालले दिगो खाद्य तथा कृषि प्रणालीको विकास गर्न सक्ने भन्दै संयोजक गुरुङले सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई खाद्यका लागि कृषि अभियानमा जुट्न आह्वान गर्नुभयो । यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि शुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशक यता मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...