HomeFeatureशनिबारदेखि खसीबोका बिक्री सुरु

शनिबारदेखि खसीबोका बिक्री सुरु

काठमाडौं, 9 अक्तूबर 2021

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि खसीबोका बिक्री सुरु गरेको छ । यसबर्ष कम्पनीले करिब ७ करोड रुपैयाँबराबरका खसीबोका बिक्री गर्न लागेको हो । शनिबार बिहान एक हजार ५० वटा खसिबोका कम्पनीमा भित्रिएको र उपभोक्तको माग अनुसार थप खसीबोका ल्याइने कम्पनीले जनाएको छ । कम्पनीले खसी र बोकाको मूल्य प्रतिकेजी ६ सय ४० रुपैयाँ तोकेको छ । कम्पनीका प्रादेशिक प्रमुख ज्ञानु थापाले खसी, बोका सस्तोमा पाइने उल्लेख गर्दै खरिद गर्न पनि ग्राहकहरुलाई आग्रह गर्नुभयो । उहाले खसी, बोकाको अभाव हुन नदिने बताउनुभयो । कम्पनीले विहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म खसी, बोका विक्री वितरणको व्यवस्था मिलाएको उहाले बताउनुभयो । नेपालमा वर्ष १ करोड २८ लाख १२ हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुनेगरेको पशु सेवा विभागले जनाएको छ । जसमा ४५ लाख खसीबोका मासुका लागि योग्य हुने विभागको भनाइ छ । काठमाडौंमा मात्रै करिब १ हजार २ सय को हाराहारीमा खसीबोका दैनिकजसो काट्ने गरिन्छ । दशैँ सुरु हुनुसाथ थप ३० देखि ५० हजारको हाराहारीमा खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...