काठमाडौं, 28 नवम्बर 2021
शहरि विकासमन्त्री रामकुमारी झाँक्रिले युएन पार्कको अनुगमन गर्नुभएको छ । आइतबार युएन पार्क निर्माणमा भइरहेको प्रगति र व्यवस्थापनबार शहरि विकासमन्त्री झाँक्रिले अनुगमन गर्नु भएको हो । १५ सय ७४ रोपनी क्षेत्रपलमा फैलिएको पार्क भित्रका भौतिक संचनाको अवस्था र भइरहेको निर्माण कार्यको प्रगतिबारे शहरि विकासमन्त्री झाँक्रिले बुझेको बागमती सभ्यता एकीकृत विकास समितिमा कार्यरत इन्जिनियर कमल अर्यालले जानकारी दिनुभयो । उहाँले पहिलेका संरचना संरक्षण गर्दै नयाँ मास्टर प्लान अनुसार पार्क निर्माण भइरहेको जानकारी दिनुभयो। अर्यालले नदीको माटो काटेर फिलिङगर्ने कार्य भइरहेको जानकारी दिदै १७ जना कर्मचारीहरु कार्यरहत रहेको बतउनुभयो । यसको विकासका लागि बनेको प्रतिवेन अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अनुसार निर्माणका विभिन्न कार्यहरु भइरहेको अर्यालले जानकारी दिनुभयो ।









































