HomeFeatureशिक्षा क्षेत्रमा अनलाईन कक्षालाई प्रभावकारी बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

शिक्षा क्षेत्रमा अनलाईन कक्षालाई प्रभावकारी बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

काठमाण्डौ, 15 जुलाई 2020

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड १९ बाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । कोभिड १९ का कारण शिक्षा क्षेत्र पूर्णरुपमा बन्द भएको अवस्थामा मन्त्रालयले अनलाईन शिक्षा लागू गरेको भएपनि त्यसको प्रभावकारीता नदेखिएको भन्दै नयाँ ढंगले व्यवस्थापन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति तारादेवी भट्टले अनलाईन कक्षाको प्रभावकारीता काठमाडौं उपत्यका लगायतका सुगम क्षेत्रमा समेत नदेखिएको बताउनुभयो । त्यस्तै दुर्गम क्षेत्रका बालबालिकाहरु पनि अनलाईन शिक्षाबाट पूर्णरुपमा बञ्चित भएकोले प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिइएको भट्टले बताउनुभयो ।

समितिले माध्यमिक शिक्षा ऐन र उच्च शिक्षा ऐनलाई अहिलेको परिस्थिति अनुसार परिमार्जन गरी लागू गर्न समेत निर्देशन दिएको छ । सभापति भट्टले २०२८ सालमा निर्माण भएको ऐनले अहिलेको शिक्षा पद्धतिलाई नियमन गर्न नसक्ने भएकाले परिमार्जन गर्न नर्देशन दिइएको बताउनुभयो । यस्तै निजी विद्यालयको अनुगमनका क्रममा मन्त्रालयका अधिकारीहरुले अतिरिक्त रकम लिने र त्यस्तो रकम नपाए अनुगमन नै नगर्ने जानकारी आएको भन्दै समितिले नियमन गर्न निर्देशन दिएको छ । सभापति भट्टले निजी विद्यालयको अनुगमनका क्रममा कानूनले तोकेको बाहेकको अन्य रकम लिनेमाथि नियमन गर्न निर्देशन दिइएको बताउनुभयो ।

बाल शिक्षा अन्तर्गतका सहजकर्ता-बालशिक्षकको लागि कानूनले तोकेको न्यूनतम १३ हजार रुपैयाँ पारिश्रमिक दिने व्यवस्था मिलाउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । अहिले सहजकर्ता बालशिक्षकलाई मासिक ६ हजार रुपैयाँ मात्रै दिइएको पाइएकाले उक्त समस्याको निराकरण गर्न निर्देशन दिइएको सभापति भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...