नयाँ दिल्ली, 13 जुन 2020
नेपालले संसदको तल्लो सदन प्रतिनिधिसभाबाट कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटिएको नयाँ नक्सालाई वैधानिकता दिने संविधानको दोस्रो संशोधन विधेयकलाई पारित गरेपछि भारतले आपत्ती जनाएको छ । भारतको विदेश मन्त्रालायले विधेयक पारित भएपछि नेपालले गरेको दावी ऐतिहासिक प्रमाणमा आधारित नभएको भनेको छ । विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले चालेको कदम सीमा विवाद समाधान गर्ने वार्ता नियमको उल्लंघन भएको बताएका छन । उनले हामीलाई नेपालमा नक्सा सम्बन्धी संविधान संशोधन पारित भएकोमा ध्यान गएको बताएका छन । उनले यसबारेमा हामीले पहिलेनै आफ्नो धारणा स्पष्ट गरेको बताएका छन । भारतले नेपालले दावी गरेको भुभागको कुनै प्रमाण नै नभएको बताएको छ ।
नेपालले शनिबार नयाँ नक्सा शामेल गर्ने संविधान संशोधन गरेपछी नेपाल भर खुशीयाली मनाइएको छ । सो संशोधन विधेयक पूर्ण बहुमतले पारित भएको थियो ।









































