HomeFeatureसंसद विघटनको विरोधमा प्रचण्ड र माधव समूहद्वारा आजपनि माइतीघर मण्डलामा धर्ना

संसद विघटनको विरोधमा प्रचण्ड र माधव समूहद्वारा आजपनि माइतीघर मण्डलामा धर्ना

काठमाण्डौ, 28 जनवरी 2021

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद विघटनको विरोधमा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरे अनुसार आज दोस्रो दिन पनि धर्ना दिएको हो । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ । धर्नामा सहभागी नेताहरुले धर्ना कार्यक्रम सांकेतिक आन्दोलन भएको बताएका छन् । सात दशक लगाएर दशौं हजारको वलिदानबाट निर्मित संविधानलाई उलङ्घन गर्ने, कू गर्ने काम भएकोले त्यसको विरोधमा धर्ना बसेको सहभागि नेताहरुले बताएका छन् । संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्र, समावेसिता र धर्म निरपेक्षताको रक्षाको निम्ति आन्दोलन गरेको धर्नामा सहभागिहरुले बताएका छन् ।

धर्नामा सहभागिहरुले ‘संसद विघटन गर्न पाइदैन, निरंकुशतन्त्र चाहिंदैन’, ‘संविधानको रक्षा गरौं, राष्ट्रियताको रक्षा गरौं’, ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । धर्नामा विघटित प्रतिनिधि सभाका सांदहरु, प्रदेशसभा सदस्यहरु, संविधान सभाका सभासदहरु लगायतको उपस्थिति रहेको थियो । धर्ना कार्यक्रम माघ २१ गते सम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...