HomeFeatureसंसद विघटनविरुद्ध नागरिक समाजका अगुवाद्वारा प्रदर्शन, शंख बजाएर विरोध प्रकट

संसद विघटनविरुद्ध नागरिक समाजका अगुवाद्वारा प्रदर्शन, शंख बजाएर विरोध प्रकट

काठमाण्डौ, 26 डिसेम्बर 2020

नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा विरोध प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका छन् । ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ लेखिएको ब्यानर सहित सहभागिहरुले शंख बजाउँदै संसद विघटनको विरोध गरेका हुन् । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागि अधिकारकर्मीहरुले बताएका छन् । सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमन तर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधान माथिकै आक्रमण भएको उनीहरुको भनाई छ ।

प्रदर्शनमा सहभागि नागरिक अधिकारकर्मीहरुले संविधान भित्रैबाट अहिलेको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । प्रदर्शनमा ‘जो रक्षक उही भक्षक’, ‘संविधान माथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘म नागरिक संविधानको पालक, नेताज्यु तपाईं नी ?’, ‘समृद्धिको यात्रा, ओलीको गाइजात्रा’, ‘संविधान माथिको प्रहार, इतिहासको ठूलो अत्याचार’ लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए । बृहत नागरिक आन्दोलनले आगामी दिनका लागि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । नागरिक अगुवाहरुले पुस १८ गते सम्म एक दिन बिराएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...