HomeFeatureसंसद विघटनविरुद्ध नेपाली काँग्रेसद्वारा आन्दोलनको थप कार्यक्रम घोषणा, यस्तो छ कार्यक्रम तालिका

संसद विघटनविरुद्ध नेपाली काँग्रेसद्वारा आन्दोलनको थप कार्यक्रम घोषणा, यस्तो छ कार्यक्रम तालिका

काठमाण्डौ, 26 जनवरी 2021

नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो । कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमको अलावा जिल्ला समिति र भातृ संगठनहरुले आवश्यकता अनुसार कार्यक्रम गर्नसक्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

नयाँ संघीय संरचना अनुरुप पार्टीको स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पुरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन पनि गरेको छ । र बाँकी रहेको समायोजनको काम सम्पन्न गर्नपनि पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी बैठकले नेपाली कांग्रसका भातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भुतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी÷जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मको लागि थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । त्यसैगरी नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिको क्रियाशिल सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरुले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नेपाली जनसम्पर्क समिति युएइको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

सोमबार नागरिकले प्रतिनिधि सभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिदैँ बिरोध गरेको पनि प्रवक्ता शर्माले बताउनुभयो । बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको उहाँको भनाई छ । त्यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको कांग्रेसको ठहर छ । अदालतमा विचाराधिन मुद्धालाई समेत तमासा भनेर ९४ वर्षिय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लाई गरेको टिप्पणी तथा पत्रकारकारमाथि पनि अशोभनिय टिप्पणी गरेकाले प्रधानमन्त्रीको टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...