HomeFeatureसंसद सञ्चालन गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरू पूरा: सभामुख सापकोटा

संसद सञ्चालन गर्न स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरू पूरा: सभामुख सापकोटा

काठमाण्डौँ, 8 मे 2020

आज अपराहन्न 4 बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ। सांसदहरु बस्ने कुर्चीहरुबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ। सभामुख सापकोटाले शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै उच्च सतर्कता अपनई बैठक सञ्चालन गर्न लागिएको बताउनुभयो। उहाँले बैठक कक्षभित्र दुरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशा निर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टिमको मापदण्ड अनुसार नै बैठक बस्न लागेको बताउनुभयो। उहाँले सांसदहरु बस्ने कुर्चीको दुरी कायम गर्न दायाँ र बाँया 1 मिटर 50 सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि 1 मिटर 30 सेन्टिमिटर कायम गरिएको बताउनुभयो।

सभामुख सापकोटाले आजको बैठक नियमित एजेण्डाहरुको अतिरिक्त दलका नेताहरुले शुभकामना दिएपछि समाप्त हुने छ बताउनुभयो। उहाँले 28 गते 11 बजे प्रतिनिधि सभाको र 1 बजे राष्ट्रिय सभाको बैठक बस्ने समेत बताउनुभयो। 28 गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी (प्रिबजेट) प्रस्तुत गर्नुहुने छ। त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्ने छ र प्रिबजेट माथि छलफल सुरु हुने छ। 29 र 30 गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताउनुभयो। त्यसपछि जेठ 2 गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ। जेठ 3 गते बैठक बस्ने छैन भने 4 गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने छ र छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुहुने छ। जेठ 13 गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्था अनुसार नै जेठ 15 गते आर्थिक वर्ष 2077/78 को बजेट प्रस्तुत हुनेछ।

सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरुको उपस्थिति अधिकतम बनाउने विषयमा आफुले अधिकतम पहल गर्ने समेत बताउनुभएको छ। यस अघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपुरक संख्या नपुग्दा बैठक स्थागित हुँदै आएकोले कतिपय विधेयक माथिको छलफल नै सम्पन्न हुन सकेको थिएन्। सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नो तर्फबाट सकेसम्म भाग लिनको लागि अधिकतम उत्प्रेरीत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो ‘जनताबाट निर्वाचित, जननिर्वाचित माननिय सदस्यहरुले त्यसमा भाग लिनुपर्छ। त्यसमा भाग लिएर जनताका आवाजहरु वहाँहरुले राख्नुभयो भने 2 गते आउने नीति तथा कार्यक्रमलाई धेरै राम्रो सहयोग पुग्छ। किनभने के रैछत जनताको आवाज करोडौं जनताले के चाहेका छन भन्ने कुरा हुन्छ र त्यसमा मलाई लाग्छ वहाँहरुले भाग लिनुहुन्छ भाग लिनका लागि मेरो तर्फबाट सकेजति उत्प्रेरित गर्ने पहल कदमी हुन्छ तर त्यसमा निर्णय गरिरहन पर्दैन्।’ नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुहुने भएकाले सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्न नपर्ने सभामुख सापकोटाले बताउनुभयो। त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने र जेठ 13 गते आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कुरामा कुनै निर्णय नहुने भएकाले गणपुरक संख्याको आवश्यकता नहुने बताउनुभयो। त्यस्तै जेठ 15 गते बजेट प्रस्तुत गर्ने कार्यका लागि पनि सांसदहरुको उपस्थितिका लागि कुनै निर्णय गर्ननपर्ने उहाँले बताउनुभयो। त्यसपछिका बैठकहरुमा गणपुरक संख्याको आवश्यकता पर्ने भएकाले सांसदहरुको उपस्थितिका लागि आफुले अधिकतप प्रयास गर्ने बताउनुभयो। पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई पक्षबिच बढ्दै गएको विवादका कारण एकले अर्कोलाई असहयोग गर्न संसद बैठकमा नै अनुपस्थित हुने सम्मका रणनीति बनाइरहेको समाचारहरु बाहिर आएको थियो। सोहि विषयलाई लिएर सभामुख सापकोटाले आफ्नो तर्फबाट बैठकमा भाग लिनका लागि आफ्नो तफबट उत्प्रेरित गराउन अधिकतम पहल गर्ने बताउनुभएको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...