काठमाडौं, 30 दिसम्बर 2022
सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटमा सतिसाल झैं उभिने पार्टीका नेता, कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै पनि निर्णय नहुने स्पष्ट पारेका छन् ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई संकेत गर्दै नेता ज्ञवालीले पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरुको भावना विपरीत कुनै निर्णय नहुने बताएका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले भनेका छन्, ‘चलिरहेको छलफल सरकारको समर्थन-दायरा विस्तार गर्नमा सीमित छ । बाँकी चर्चा हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । सङ्कटमा सतिसाल झैं उभिने कमरेडहरूको भावना विपरीत कुनै निर्णय हुनेछैन। केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन’ ।










































