HomeFeatureसञ्चार उद्यमीहरुको मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन

सञ्चार उद्यमीहरुको मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन

काठमाण्डौं, 23 सेप्टेम्बर

सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको हो । सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायि हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले अलाइन्सको गठन भएको हो । अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलान्सको स्थापना भएको बताउनुभयो । सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको उहाँले बताउनुभयो । उहाँले एउटै अनुमति पत्रमा नीजि क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताउनुभयो ।

अलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकता भन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने तर्फ ध्यानाकर्षण गराउनुभयो । सहज रुपमा सञ्चार माध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यवसायीक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको बताउनुभयो ।

इमेज च्यानलका अध्यक्ष आर के मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रीत पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताउनुभयो । सञ्चार माध्यम चल्न धौ धौ परेको बेला थपिएको दायित्वले सञ्चार माध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमुलक संस्थाले संरक्षण गर्न प्रदान गर्न नसक्नु दुःखद भएको बताउनुभयो । अलाइन्सले विगतका प्रतिनिधिमुलक संस्थाले गरेका कमि कमजोरी सच्याएर अगाडी बढ्नेमा सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा गठन भएको अलाइन्समा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल उपाध्यक्ष रहनु भएको छ । इमेज च्यानल प्रालीका सिइओ लक्ष्मण हुमागाई महासचिव, इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सिइओ उज्जवल शर्मा कोषध्यक्ष रहनुभएको छ । सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा. विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सिइओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सिइओ सम्बृद्धि ज्ञवाली रहुनभएको छ । सल्लाहकारहरुमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालीका विनोद ज्ञवाली रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...