HomeFeatureसत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको: दाहाल

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको: दाहाल

काठमाडौं, 8 सितम्बर 2021

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताउनु भएको छ । अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देश भित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताउनु भएको हो । सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यथास्थितिमा एमसीसी सम्झौंता पारित गर्न नसकिने अडान पनि दोहोर्याउनु भयो । अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पार्नु भयो । तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने ? भनेर लागि परेको उहाँको दावी छ ।

अध्यक्ष दाहालको उहाँले भन्नु भयो, ‘यो गठबन्धनलाई तोडने षडयन्त्र पनि भईराखेको छ, देश भित्र र बाहिरबाट । यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौं । यसलाई विभाजन के गरि गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि ? एमसीसी भनेर ल्याई दिएपछि चाँही भनेर एकथरी लागि राख्या छन । हामी चाँही यथास्थितिमा एमसीसी हुन सकिदैन भनि राछौ । हामी सकेसम्म गठबन्धनलाई बचाएर यसको पनि समाधान सकारात्मक ढंगले होस् देशलाई क्षति नहुने ढंगले भन्ने चाहेका छौं । तर अर्को वर्ग चुप लागेर बसेको छैन । अर्को वर्गमा पनि पूरै तागतका साथ यो गठबन्धन के गरि तोडने ? प्रतिक्रान्तिकारी के गरि निरन्तर अघि बढाउने ? माओवादीहरुलाई के गरी घेरा हालेर सिध्याउने प्रयास पनि भईराखेको छ देश भित्र र बाहिर पनि ।

अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनु परेको पनि उल्लेख गर्नु भयो । उहाँले नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गर्नु भयो । माक्र्सवादी भन्न नहुने, राम, सिता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिन्ह र मदन भण्डारीको दूरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोप समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘एमाले भन्ने पार्टी त्यहाँ विचार शुन्य छ अहिले । त्यहाँ विचारमा बहस पनि हुँदैन । विचारसँग मतलव पनि छैन । उनीहरुसँग पद प्राप्त गर्ने तरिका छ । राष्ट्रिय अन्तराष्ट्रिय साम्राज्यवादीहरुसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जान्या छन । त्यो पैसा खर्च गरेर कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन । चुनाव जित्न गर्नुपर्ने साम, दाम, दण्ड, भेद जालझेल षडयन्त्रमा अलि पारङगत नै भएका छन । र उनीहरुको एकताको आधार विचार राजनीति हुँदैन अहिले लोगो हुन्छ । सूर्य त्यही हो एमाले । त्यो भएपछि सिद्धियो अव । त्यो सूर्य भित्र के भईसक्यो भन्ने त्यहाँ त्यो डिबेट हुँदैन । अनि मदन भण्डारी, जसलाई कसैले त्यस्तो षडयन्त्र गर्यो, त्यसको खोजी कसरी गर्ने, अपराधिलाई कसरी सजाय दिने त्यहाँ त्यो चिन्ता हुँदैन । आफूलाई उत्तराधिकारी हुँ भन्नेहरु नै राष्ट्रपति र प्रधानमन्त्री हुँदा त्यो बारेमा चर्चा हुँदैन । खोजी हुँदैन । के भएको हो मदन भण्डारीलाई । र मदन भण्डारीले कुन परिस्थितिमा के विचार ल्याउनु भएको र अहिले परिस्थिति कहाँ पुग्यो भन्ने चर्चा, परिचर्चा, बहस त्यहाँ हुँदैन । खाली हुन्छ मदन भण्डारी लोगो । र त्यो मदन भण्डारीलाई प्रयोग गरेर पद प्राप्त गर्नु । सुविधा प्राप्त गर्नु । गुट बलियो बनाउनु । त्यस्तै देखियो नि त । ३ वर्ष देखि त हामीले सकिन्छ कि बदल्न भनेर त आँट गरेकै हो । तर त्यहाँ त्यो प्रवृत्तिनै हावी देखियो । हुँदाहुँदै त्यो प्रवृत्ति कहाँ पुगेछ त भन्दा प्रतिक्रान्ति, प्रतिगमनकारी, राम, सिता, लक्ष्मणको मूर्ति बोकेर हिँडने जलहरी रे कता हो ? माक्र्सवाद भन्न नहुने, समाजवादको नाम धेरै लिन नपाईने, नहुने । त्यस्तोमा गयो तर नाम त मदन भण्डारीको लिएकै छ, फेरी । जबज भनेपछि भयो । त्यसरी एमाले पतनको ढिलमा पुगेको छ ।

अध्यक्ष दाहालले साम्राज्यवादीहरुबाट साँठगाँठ गरेर डलर कमाउन सिकेको एमाले नेतृत्वले गुटलाई बलियो बनाउने काम मात्रै गरिरहेको बताउनु भयो । उहाँले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई पद, पैसा र प्रतिष्ठाको पछि नलाग्न पनि पटक–पटक सचेत गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...