HomeFeatureसभामुखले एमाले विभाजन गराउन भुमिका खेलेको: ओली

सभामुखले एमाले विभाजन गराउन भुमिका खेलेको: ओली

काठमाडौं, 8 सितम्बर 2021

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताउनुभएको छ । बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्नता रहेको भन्दै आफुहरु सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडी बढ्न नसक्ने बताउनुभयो । उहाँले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भिर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘सभामुखको सम्मानित पदको अत्यन्तै अपमान गर्दै, त्यसको मर्यादाको खिल्ली उडाउँदै, एउटा पार्टी विशेषको कार्यकर्ता, एउटा गठबन्धनको कार्यकर्ताको रुपमा र प्रमुख प्रतिपक्षी पार्टीको विरोधीको रुपमा, नेकपा एमालेको विरोधीको रुपमा, एमाले पार्टी फुटाउनका लागि अपराधिक, असंवैधानिक, गैर कानूनी काम गर्ने मान्छे सभामुख हुनुहुन्छ अहिले । अब त्यस्तो मान्छेलाई सभामुख मानेर सभामा हामी खुरुखुरु कसरी चलाउने भन्ने गम्भिर प्रश्न छ । जो एमाले सिध्याउन खोज्छ,  उसलाई निष्पक्ष तपाई पदको गरिमा अनुसार नै हुनुहुन्छ । निष्पक्ष हुनुहुन्छ । तपाइको निष्पक्षतामा सभामुख मानेर चलाउन हामी विश्वस्त छौँ भनेको होइन र ? जब हामीलाई सिध्याउन खोजिराखेको छ भने जानीजानी हामी निष्पक्षतामा विश्वस्त कसरी हुन सक्छौँ । त्यसकारण हामी सभामुखका एमाले विरोधी, प्रतिनिधिसभा नियमावली विरोधी, संसदीय प्रचलन विरोधी ति कुराहरुको कारणले सभामुखको निष्पक्षता होइन, निष्पक्षता रहेन । गठबन्धनको पक्षधर रह्यो । प्रष्ट रुपमा एमाले विरोधी भुमिका रह्यो । एमाले फोड्ने षड्यन्त्रमा सरिक भएको र आफ्नो पाटोबाट महत्वपूर्ण भुमिका खेलेको देखियो । यसकारण सभामुखको सम्बन्धमा हाम्रो गम्भिर प्रश्न रह्यो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जानसक्ने अवस्था रहेन ।

अध्यक्ष ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरिएको भन्दै संसद बैठकमा ति गैर सांसदहरुको उपस्थिति आफुहरुलाई मान्य नहुने पनि बताउनुभयो । सभामुखले कसैलाई सांसदबाट निष्काशन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाँले माधव नेपाल लगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा बादल,  टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरु पनि संसद बैठकमा आउन पाउनुपर्ने बताउनुभयो ।उहाँले दार्चुलामा भारतिय पक्षले तुइनबाट खसालि जयसिंह धामीको मृत्यु भएको भन्ने छानविन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जिउधनको बारेमा बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जयसिंह धामी तुइनबाट खसाएर मारिए । यो प्रतिवेदनले भनेको कुरा हो । प्रतिवेदनले त्यो बोल्छ । सरकार भन्छ यस सम्बन्धमा बोल्नु हुँदैन । देशको बारेमा, देशका नागरिकको बारेमा, देशका जनताको जिउधनका बारेमा बोल्न डराउने, यो तानाशाही चल्दैन । यस्ता गठबन्धनहरु भत्काइन्छ तर यो तानाशाही चल्न दिइदैन । जनताको पक्षमा बोल्न पनि नपाउने ? किन मर्यो हाम्रो नागरिक ? किन मारियो हाम्रो नागरिक भन्न पनि नपाउने ?’

अध्यक्ष ओलीले संसदमा संसदमा देशको सिंगो प्रणाली,  लोकतन्त्र, देशको अस्तित्वको सम्बन्धमा छलफल केन्द्रीत हुने भन्दै मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिनुभयो । आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उहाँले संसदलाई एकलौटी खेल मैदान बन्न नदिने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...