दिल्ली, 13 नवम्बर 2021
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारत आएका छन। पार्टीको सभापति पदमा उम्मेदवारी दिएका उनी बिहीबार नेपालगन्ज हुँदै नयाँ दिल्ली आएको स्रोतले जानकारी दिएको छ। नेता सिंह भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डा भेट्न भारत आएको स्रोतको दाबी छ। बुधबार उनी बर्दियामा आयोजित एक कार्यक्रम सकेर ‘अचानक’ उतैबाट भारत आएका हुन्। नेता सिंह आज (शनिबार) स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ।









































