HomeFeatureसभापतिहरुको जारी अनशन आजबाट तोडिने

सभापतिहरुको जारी अनशन आजबाट तोडिने

काठमाडौं, 28 अगस्त 2021

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुको जारी अनशन आजबाट तोडिने भएको छ । शुक्रबार साँझ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता पौडेलसँग महाधिवेशनका बारेमा सहमति भएपछि जिल्ला सभापतिहरुले अनसन तोड्न लागेका हुन्।नेताबीच सहमति भएपश्चात् चार दिनदेखि जिल्ला सभापतिहरुले बस्दै आएको अनसन तोड्न लागेका हुन्। जिल्ला सभापतिको उम्मेद्वारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने, क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु रिले अनशनमा थिये । सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भएपछि क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिनु भयो।

बैठकमा सहभागी काठमाडौं जिल्ला सभापति सबजु बानियाँले भन्नु भयो, ‘अब सिंगो टिमनै महाधिवेशन सफल पार्न लागि पर्नेछ । अनशनमा बस्नुभएको सभापतिहरु पनि आज अनसन तोड्नुहुन्छ र महाधिवेशन सफल बनाउन लाग्नुहुन्छ । क्रियाशील सदस्यको नियम अनुसारनै टुङ्गो लगाउने कुरा भएको छ ।बिहीबार देखिनै जिल्ला सभापतिहरुको माग अनुरुप क्रियाशील सदस्यको नामावली प्रकाशित गर्ने क्रम सुरु भएको छ । ४८ जिल्लाका कृयाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । अब बाँकी जिल्लाको पनि प्रकाशित हुँदै जान्छ ।

काङ्ग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ, त्यसका लागि निर्वाचन अधिकृत खटिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...