HomeFeatureसमस्यामा परेकाहरूलाई सक्दो सहयोग गर्नुहोस् तर फोटो सार्वजनिक नगर्नुहोस्: अध्यक्ष घिसिङ

समस्यामा परेकाहरूलाई सक्दो सहयोग गर्नुहोस् तर फोटो सार्वजनिक नगर्नुहोस्: अध्यक्ष घिसिङ

दार्जीलिङ, 11 अप्रेल/ शिला पोखरेल

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, केन्द्रीय समिति अध्यक्ष मन घिसिङले लकडाउनका कारण समस्यामा परेकाहरूलाई सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ। साथै अध्यक्ष घिसिङले राहत तथा खाद्यान्न वितरण गरेको फोटो सामाजिक संजालमा सार्वजनिक नगर्न निर्देशन पनि दिनुभएको छ। एक प्रेस विज्ञप्ती जारी गर्दै गोरामुमो अध्यक्ष घिसिङले सो कुरा बताउनुभएको हो।

अध्यक्ष घिसिङले कोरोना भाइरस प्रकोपका कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू सबैभन्दा संकटमा परेको भन्दै उनिहरूलाई सक्दो सहयोग गर्न दलका केन्द्रीय समितिका सम्पुर्ण सदस्यहरू, दार्जीलिङ शाखा, खर्साङ शाखा, कालेबुङ शाखा, मिरिक शाखा कमिटीका अध्यक्ष, सचिवलगायत प्रतिनिधिहरू, प्रत्येक समष्टिका सभापति, सचिव एवम् प्रतिनिधिवर्गहरु, शाखा प्रशाखाका प्रतिनिधिवर्गहरु, गोरानास, गोरामुमो श्रमिक संगठन एच.पी. डब्लूयु., गोरामुमो युवा एकाई, गोर्खा राष्ट्रिय भुतपुर्व संगठन साथै गोराबिमोलाई अपिल गर्नुभएको हो। उहाँले अहिले सबै एकजुट भएर कोरोना भाइरसको संक्रमणलाई परास्त गर्नुपर्ने समय भएको बताउनुभयो।

उहाँले आफ्नो पार्टी र पार्टीका भातृ संगठनहरुले कोरोना भाइरसका कारण उत्पन्न संकटको बेला जनताको सेवक बनेर निभाएको भुमिको सराहना गर्दै उनिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले सरकारद्वारा जारी लकडाउन अध्यादेशको पालन गर्न सबैलाई अनुरोध गर्नुभयो।
अध्यक्ष घिसिङले कोरोना भाइरसको संक्रमणलाई रोक्ने एउटा मात्र उपाय घर भित्रै बस्नुपर्ने भएपनि अझै पनि दार्जीलिङ, कालेबुङ, खर्साङमा सरकारद्वारा जारी अध्यादेशको अवहेलना गरि मानिसहरु बिना कारण बजारमा घुमिरहेको प्रती आपत्ति जनाउनुभयो। लकडाउन हाम्रै सुरक्षाको निम्ति भएकोले आफू बच्न र अरुलाई पनि बचाउन घर भित्रनै बस्न उहाँले अपिल गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...