HomeFeatureसमाज कल्याण परिषदका पदाधिकारीद्धारा सामूहिक राजीनामा

समाज कल्याण परिषदका पदाधिकारीद्धारा सामूहिक राजीनामा

काठमाडौं, 24 सितम्बर 2021

समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन । परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराउनु भएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समेत नेतृत्व लिनु भएका परिषदका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको बजेट पास गर्न नदिएको र केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका परिषदमा कार्यरत अस्थायी, ज्यालादारी र करारका कर्मचारीको मात्रै म्याद थप गर्न नदिएपछि आफूहरुले पदबाट दिनु परेको परिषदका सदस्य सचिव खातीले जानकारी दिनु भयो । २०५३ सालदेखि अस्थायी, ज्यालादारी र करारमा काम गर्दै आएका सबै कर्मचारीको म्याद थप हुने तर ओली नेतृत्वको सरकारको पालाका कर्मचारीहरुको चाँही म्याद थप नहुने अवस्था परिषदको स्थापित मान्यता विपरित भएकाले आफूहरुले सरकारलाई मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको पनि उहाँले स्पष्ट पार्नु भयो । परिषदका उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष सुवेदी, सदस्य सचिव खाती, बोर्ड सदस्यहरु नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ र  डा. मणिराम बञ्जाडेलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल साउन ५ गते परिषदमा नियुक्त गरेको थियो ।

परिषदका सदस्य खातीले भन्नु भयो, ‘विषय ठूला थिएनन् । विषय राजनीतिक पनि थिएन । यति छिट्टै यो निष्कर्षमा पुग्नु पर्छ भन्ने पनि थिएन । दुईटा मात्रै विषय थियो । जुन विषयमा सरकार र हामीबीच फरक मत भयो । एउटा चाँही यो परिषदले आफैले बजेट पारित गर्नुपर्ने हुन्छ । त्यसको परिषद बोर्डबाट पारित गर्नुपर्ने हुन्छ । अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री परिषदको अध्यक्ष हुने व्यवस्था छ । सम्माननीय प्रधानमन्त्री आफैं त्यसको अध्यक्ष हुनुहुन्छ । र बैठक बस्नका लागि हामीले आह्वान गर्यौं । हामीलाई बैठक राख्ने प्रतिवद्धता जनाइएको थियो । बैठक राख्न दिनु भएन । अथवा बैठक राख्ने परिस्थिति बनेन् । अर्को कारण चाँही यहाँ ३५ जना हाराहारी अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरु हुनुहुन्थ्यो । उहाँहरुको म्याद थपको विषय थियो । हामी म्याद थप गर्नुपर्छ भन्ने विषयमा थियौं । सरकारले म्याद थप गर्न दिएन । केपी ओली नेतृत्वको सरकार अघि अथवा २०७५ साल अघिका कर्मचारीलाई मात्रै म्याद थप गर्नुपर्छ भन्यो । जुन हामीले १४ महिना काम गर्दाखेरीको मान्यता विपरित थियो । कामै गर्न नदिने परिस्थिति सरकारले बनाएपछि पदबाट राजीनामा दिएका हौं ।

शुक्रबार बिहानै प्रधानमन्त्री देउवालाईसामूहिक रुपमा राजीनामा बुझाएका उनीहरुले आफनो १४ महिने कार्यकालमा सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको क्षेत्रको रुपमा स्थापित गराउने गरी अघि बढाएको, परिषदलाई प्रविधिमैंत्री बनाएको र ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गराउने दिशामा आफूहरुले सम्पूर्ण शक्ति परिचालन गरेको दावी समेत गरेका छन । परिषदका उपाध्यक्ष खतिवडाले सामाजिक उद्यमशीलता कोषको स्थापना गरी त्यसैमार्फत् उद्यमशीलताको विकास गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा आफूहरुले महत्वपूर्ण काम अघि बढाएको बताउनु भयो । खतिवडाले आफूहरुले परिषदलाई विधिसम्मत ढंगले अघि बढाउन खोज्दा पनि सरकारले नदिएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । आफूहरुमाथि वर्तमान सरकारले राजनीतिक प्रतिशोध लिएको पनि राजीनामा दिनु भएका परिषदका पदाधिकारीहरुको आरोप छ । त्यस अवसरमा उनीहरुले समाज कल्याण परिषदलाई विधिसम्मत ढंगले अघि बढाउने अवसर प्रदान गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङप्रति आभार पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...