HomeFeatureसरकारले जहाँसुकै पठाएपनि जान तयार: हितेन्द्र

सरकारले जहाँसुकै पठाएपनि जान तयार: हितेन्द्र

काठमाडौं, 4  अगस्त, 2021

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफुलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताउनुभएको छ । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफुलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उहाँले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहा पठाएपनि आफु तयार रहेको जवाफ दिएको बताउनुभएको हो । उहाँले आफु इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मलाइ अब अरु कुनै जिम्मेवारीहरु दिन सकिन्छकि भनेर सोध्नुभएको हो । मैले चाहीँ मेरो आवश्यकता महशुस गरेर सरकारले जहाँसुकै पठाए पनि म तयार छु भन्या छु । म जागिर खाएको सुरुको दिनदेखि इन्जिनियरिङमा स्वावलम्बि, इन्जिनियरिङमा आफुमै भर पर्ने, विदेशी परामर्शदातामा भर नपर्ने भनेर पहिलो दिनदेखि नै विदेशी टेक्निसियनमा भर नपर्ने भनेर लागिरहेको हो । टेक्निकल मेरो फिल्ड होस् । प्लानिङ पनि गर्छु । धेरैवटा प्लानिङ गरेको छु । आफ्नो क्षेत्रसँग जोडिएको जुनसुकै क्षेत्रमा पठाएपनि काम गर्छु ।

कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अवधिभर कोरोना संक्रमणका कारण लकडाउन भएको भएपनि विद्युतमा कुनै समस्या नहुने गरी काम गरेको बताउनुभयो । अघिल्लो वर्ष भन्दा यस वर्ष कम नै विद्युत आपूर्ति रोकिएको उहाँले बताउनुभयो । अस्पतालहरुलाई बिद्युत नजाने गरी बस्दोबस्त मिलाएको तथा गइहालेमा पनि तुरुन्तै सञ्चालनमा ल्याएको उहाँले स्पष्ट पार्नुभयो । यसविचमा ढल्केबर ४०० केभि सबस्टेशनलाई नेपाल भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ति ढल्केवर २२० केभि सञ्चालन गरेको, अपर तामाकोशीको कामलाई अगाडी बढाएको, पूर्ण विद्युतीकरण भएका जिल्लाहरुमा १३ जिल्ला थपेको तथा कर्णाली अञ्चलमा पहिलोपल्ट ७ ग्रिडको विद्युत पुर्याएको उहाँले बताउनुभयो ।शाक्यले यो वर्ष १५ प्रतिशतले खपत बढेकाले चुहावट पनि बढेको बताउनुभयो । घरघरमा पुगेर अनुगमन गर्न नसक्दा र हुकिङ तार हटाउन जान नसक्दा १ दशमलव ६ प्रतिशत चुहावट बढेको उहाँले बताउनुभयो । आगामी दिनमा प्रशारण लाइन र वितरण लाइनमा जोड दिइने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...